राजनीति

कांग्रेस सुधार्न एकढिक्का भएर लागेका छौं : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सुधार गर्न आफूहरु लागिपरेकाे बताएका छन् । शुक्रबार चितवनमा डेमोक्रेटिक लयर्स एसाेसिएसनकाे ११औँ महाधिवेशनमा उनले चितवनसहित देशभर कांग्रेसकाे अवस्था राम्राे नभएकाे भन्दै आफूहरु एकढिक्का भएर लागेकाे बताए ।

डिएलएले चितवनलाई महाधिवेशनको थलो बनाएर लोकतान्त्रिक आन्दोलनलाई नयाँ ढंगबाट अगाडि बढाउने कांग्रेस अभियानलाई बल प्रदान गरेको उनको भनाइ छ । ‘चितवन त्यो भूमि हो जहाँबाट नेपालको लोकतान्त्रिक आन्दोलनले ऊर्जा प्राप्त गरेको छ, जहाँबाट निरंकुशताविरुद्ध बिगुल फुकेर अनेकन योद्धाहरुले सहादत प्राप्त गरेका छन्,’ उनले भने ।

अग्रजले प्रदान गरेको जिम्मेवारी पूरा गर्न सबै एकढिका भएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । कोइरालाले एकपटक चितवन कांग्रेसको अवस्था बुझ्न पनि आग्रह गरे । चितवनमा कांग्रेसको अवस्था कम्जोर भएकाले आगामी दिनमा सुधार गर्नुपर्ने बताउँदै उनले भने, ‘चितवनभित्र कांग्रेसमा भएका कमजाेरीलाई पत्ता लगाइदिनुहोस्, हामी कांग्रेसलाई सुधार गर्ने पक्षमा प्रतिवद्ध छौँ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *