
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सोमबार निर्वाचित सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
१० वटै समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । नेपाली कांग्रेसका सन्तोष चालिसेले अर्थ समितिको सभापतिमा, समाजवादीका राजकिशोर यादव अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा निर्वाचित भएका छन् ।यस्तै नेकपा (माओवादी केन्द्र) की विमला सुवेदी कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा,कांग्रेसका आरजु राणा देउवा,कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा निर्वाचित भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंहपूर्वाधार विकास समितिको सभापतिमा , नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशीशिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा र नेकपा (एमाले)का ऋषिकेश पोखरेल सार्वजनिक लेखा समितिको सभापतिमामा निर्वाचि भएका छन् । प्रतिनिधिसभाको निर्वाचन भएको ९ महिनापछि मात्र संसदीय समितिले पूर्णता पाएको हो । संसदीय समितिले पूर्णता पाएपछि संसदीय गतिविधिमा सुधार आउने विश्वास लिएकाे छ ।
समितिको सभापतिका लागि आइतबार उम्मेदवारी प्रस्ताव दर्ता भएकाे थियाे । नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी परेकाे थियाे भने एउटा समितिको सभापतिमा दुई जनाको उम्मेदवारी प्रस्ताव दर्ता भएकाेमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि जनमतका अब्दुल खान निर्वाचित बनेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले भने दर्ता भएको उम्मेदवारी फिर्ता गरेका थिए ।