राजनीति

एमाले फुट्ने प्रचण्डको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले फुट्ने अवस्थामा पुगको दाबी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले बिहिबार सुर्खेतमा आयोजना भएको समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै यस्तो बताएका हुन् ।

 नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुबीचमा एकअर्कामा प्रतिद्धोन्द्धको अवस्था सिर्जना बारम्बार भइरहेकाले   एमालेका नेता तथा कार्यकर्ताकाबीचमा आगोको पुल्ठो आइसकेको बताउँदै प्रधानमन्त्री प्रचण्डले  अब   कम्युनिस्ट आन्दोलनको नयाँ ध्रुवीकरण सुरू हुने दाबी गरे  ।  प्रधानमन्त्रीले पाटी धुर्वीकरणको मिति भने घोषणा गरेका छैनन् तर पाटी फुट्ने  संभावना अधिकतम रहेको उल्लेख गरे । 

प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष लक्षित गर्दै भने,‘नेकपा एमाले कसैल राम्रो काम गरेको गरेको सक्दैन ।’ ओलीको नकरात्मकता मात्र हेर्ने प्रविधिका कारण नै नेकपा एमालेभित्र विद्रोहको अवस्था सिर्जना भएको छ । छुट्फ्ुट बाहिर निस्कन्छ विवाद कहिलेकाँही उनले भने ।

नेकपा एमालेका कारण अहिले नेता कार्यकर्ता तथा जनता निराश भएका छन् । जनताको मस्तिष्कमा पनि अविश्वासवादको संकेत परिसकेको छ। एउटा घरपरिवारका सदष्यहरुलाई चित्त बुझाउन नसकेको अवस्थामा परिवारमा द्धोन्द्धको अवस्था सिर्जना हुने त्यो बेइजत अरुले देख्ने हुन्छ । त्यस्तै भएको छ नेकपा एमालेमा पछिल्लो पटक । नेकपा एमालेमा बारम्बार भुकम्प जाने गरेको संकेत प्रधानमन्त्रीले गरे र

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *