राजनीति

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाद्धारा एमसीसी कार्यान्वयनविरुद्ध पहिलो चरणकाे आन्दोलन घोषणा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध पहिलो चरण आन्दोलन भदौ १९–२३ सम्मका लागि घोषणा गरेको छ । स्थायी कमिटीको बैठकले एमसीसी कार्यान्वयनविरुद्ध आन्दोलन गर्ने भन्दै आन्दोलनको समयतालिका घोषणा गरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार विप्लबले पहिलो चरणको आन्दोलनमा नुवाकोट, तनहुँ, धादिङ, काठमाडौं, मकवानपुर, नवलपरासी रुपन्देही, जिल्लामा अन्तरक्रिया कार्यक्रम तय गरेको छ । असोज १ गतेदेखि १५ गतेसम्म एमसीसीविरुद्ध मार्चपास अभियान र लप्सेफेदीबाट सुरु हुने अभियान पाल्पामा गएर अन्त्य हुने जनाएको छ ।

चारदलीय समाजवादी मोर्चाको विषयमा सामान्य छलफल भएको स्रोतले जनाए । विप्लबले पहिलो चरणको अन्र्तक्रिया कार्यक्रम आन्दोलनकै रुपमा लिएर महशुस गर्ने थप निर्णय गर्ने पनि जनाएको छ । अमेरिकालाई सैन्य रणनीतिअन्र्तगत नेपाललाई लैजान दिन नहुने भन्दै आन्दोलनमा उत्रिने विप्लबले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *