
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवासको जग्गा प्रकरणमा मुछिएका एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब सबै छुट पाएर निर्दोष सावित भएको दाबी गरेका छन् । शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सिआइबीको अनुसन्धानपछि अब पहिलोपटक माधव नेपाल र स्वयम आँफू पनि औपचारिक रुपमै निर्देष भएको दाबी गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले अब यस विषयमा कसैले पनि छुन नसक्ने बताए ।
नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला आफू र माधव एउटै मोर्चामा रहेको बेला षडयन्त्र पो हुने होकी भनेर चिन्ति बनेको अब त्यो नभएको उनको दाबी छ ।
ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरुलाई अनुसन्धान गर्नु भनेर सर्बोच्च अदालतले दिएको आदेश कार्यान्वयन नभएको र सिआईबीको अनुसन्धानका आधारमा सरकारी वकिलले मुद्दा अघि बढाएका बेला प्रधानमन्त्रीले दोषी र निर्दोष आफैंले टुंगो लगाइदिएका छन् । पोखराको सभामा प्रधानमन्त्रीले ललिता निवासका दोषी जति मुद्दामा गएको भन्दै अदालतको फैसलाअघि नै आफ्नो राय प्रस्तुत गरेको उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले पहिलो पटक थालेको यो अभियान निरन्तर अगाडी बढ्ने उनको भनाइ छ । यस पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछिको कार्यकाल त्यती लामो नहोलाकी भन्ने लागेकोमा त्यो अविश्वासलाई विजय गरेर आँफू प्रधानमन्त्री भएको आठ महिना भइसकेकाले अब एक बर्ष भन्दा माथि पुग्ने विश्वास लिएको उनको दाबी छ । प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीबाट आँफू हटेपनि यो महाअभियानलाई अगाडी नै बढाई रहने उनले बताए ।