राजनीति

माओवादी जनतामा पुग्यो, अब पालुवा फेर्छ– सुदन किराती

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेकपा माओवादी केन्द्र कमजोर हुँदा ठूलो राजनीतिक परिवर्तनको बलमा स्थापित उपलब्धिहरू संकटमा परेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहकामन्त्री किरातीले मोरङको बेलबारीमा पार्टीको ‘जनतासँग माओवादीविशेष रूपान्तरण अभियान’ उद्घाटन कार्यक्रमलाई सम्बोधनगर्दै मन्त्री किरातीले माओवादी कमजोर हुँदा जनयुद्धको बलमा प्राप्त उपलब्धिहरू संकटमा परेको बताएका हुन् ।

मन्त्री किरातीले भने, ‘हामी माओवादी कमजोर हुँदा हामीले नै लडेर स्थापित गरेका उपलब्धिहरू संकटमा पर्दै गएका छन् । आदिवासी जनजाति, दलित, मुस्लिम, महिला र उत्पीडित वर्गलाई समाजले पुरानै शैलीमा विभेद गर्न थालेको छ । यसको मूल कारण माओवादी कमजोर हुनु हो ।’

मन्त्री किरातीले जनता नै माओवादीको आधार भएको वास्तविकता बिर्सँदै माओवादीका नेता कार्यकर्ताले जनतासँगको सम्बन्ध कायम गर्न नसक्दा जनता र माओवादीको सम्बन्ध बिग्रेको समेत बताएका छन् । उनले भने, ‘हामी जरा छोडेर फूलको वासनामा मात्र रमाउन थाल्यौ त्यसैले जनता सँग हाम्रो सम्बन्ध राम्रो हुन सकेन । ०६४ को त्यत्रो ठूलो शक्तिआज ३२ सिटमा खुम्चनु परेको छ । यसको मूल कारण माओवादीआफै हो । जनतासँग सम्बन्धकायम राख्ननसक्नु हो ।’

मन्त्री किरातीले जनतासँग सम्बन्ध सुधार गर्दै जाने हो भने माओवादीले तत्कालै पालुवा फेर्ने र जनताका स्थापित अधिकारहरू सुरक्षित गर्न सक्ने समेत बताएका छन् । पार्टीले जनतासँग सम्बन्ध सुधार र पार्टी निर्माणकै लागि अभियान सुरु गरेको भन्दै मन्त्री किरातीले पार्टीले अब छिट्टै नै पालुवा फेर्ने र जनताको पक्षमा बलियोसँग काम गर्ने बताए ।

मन्त्री किरातीले भने, ‘हामीजनतासँग पुरानै सम्बन्ध सुधार गर्न जनताकै घर आँगनमा पुगेका छौँ । अब जनताको सुख र दुःखमा सँगै हुने छौँ । अब हामीलाई बिग्रने छुट छैन, जनतासँग टाढा हुने छुट छैन त्यसैले अब माओवादीले पालुवा फेर्छ । र, जनताका अधिकारहरू सुरक्षित हुन्छन् ।’

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुरु गरेको भ्रष्टाचार विरुद्धको अभियानलाई जनयुद्धजस्तै महान् र कठोर संघर्ष रहेको भन्दै मन्त्री किरातीले भ्रष्टहरूलाई जेल कोचेर सरकारले देश र जनताका लागि सुशासनको महान् अभियान थालनी गरेको बताए ।

मन्त्री किरातीले भने, ‘सत्तामापुगेर हामीले सानो संघर्ष गरिरहेका छैनौँ । ठूला ठूला भ्रष्टाचार काण्डका फाइलहरू पल्टाएका छौँ । भ्रष्ट नेताहरूलाई जेल कोचिएको छ । नक्कली भुटानी शरणार्थी काण्ड, ललितानिवास काण्ड र सुन तस्करी जस्ता काण्डहरूमा सरकारले चालेको कदम सामान्य छैन । यो सुशासनको लडाइँ हो । यो लडाइँ पनि हामी जनताकै साथलिएर जित्ने छौँ ।’

अभियान काक्रममा मन्त्री किरातीले बेलबारी नगरपालिकाको वडा नम्बर ३ मा जिम्मेवारी पाएका छन् । शुक्रवार बेलबारी पुगेका मन्त्री किरातीले शनिवार बिहानै बेलबारी बहुमुखी क्याम्प सहित आसपासका धार्मिक तथा सांस्कृतिक क्षेत्रहरूमा वृक्षारोपण गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *