राजनीति

न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा नहुने कानुनमन्त्री गुरुङको दाबी

काठमाडौं । अब न्यायाधीश नियुक्तमा राजनीतिक भागबण्डा नहुने कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बताएका छन्। सोमवार प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै उनले यस्तो प्रतिवद्धता जाहेर गरेका हुन् । बैठकमा सांसद प्रेम सुवालले सत्तासिन दलहरुबीचको भागबण्डामा न्यायाधीश नियुक्ती बारे कुरा उठाएका थिए ।

न्याय सम्पादनको कामलाई छिटो, छरितो बनाउन सरकार क्रियाशील रहेको बताउँदै उनले न्यायाधीश नियुक्ति न्यायोचित ढंगले गर्ने कुरा भइरहेको बेला दलीय भागभण्डामा सिमित नहुने बताए । न्याय सम्पादनका लागि अहिले सर्वोच्च अदालतले छिटो छरितो र विश्वासनीयताको प्रयास गरिरहेको बेला सरकारले त्यसका लागि आवश्यक कानुन र व्यावस्थापकीय व्यावस्था मिलाइरहेको मन्त्री गुरुङले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *