राजनीति

एमाले लुम्बिनी अधिवेशनमा उमेदवारीको संख्या धेरै

नेकपा एमालेको लुम्बिनी प्रदेशको अधिवेशन शनिबारदेखी सुरु भएको छ । लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा उमेदावारहरुको सँख्या सिमित कोटा भन्दा लगभग दोब्बरले बढी छ

निर्वाचन समितिले पार्टी प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरूको चयनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरेको छ । निर्वाचन कमिटीले जारी गरेको प्रारम्भिक नामावलीको सूचनामा अध्यक्षमा दुई, उपाध्यक्षमा चार, सचिवमा दुई र उपसचिवमा ७ जनाको उम्मेदवारी परेको हो । सदस्यहरूमा ३ सय ६४ जनाको उम्मेदवारी दिएका छन भने ५ पदाधिकारीमा १४ र २ सय सदस्यमा ३६४ जनाको उमेदवारी परेको छ ।

अध्यक्षमा हरि रिजाल प्यूठान र राधाकृष्ण कँडेल पाल्पाको उम्मेदवारी परेको छ । उपाध्यक्ष पुजन विक बाँके, भोजप्रसाद श्रेष्ठ रुपन्देही, विश्वराज बराल रुपन्देही, शान्ताकुमारी वली रोल्पाले उम्मेदवारी दिएका छन् । यस्तै सचिवमा लक्ष्मण आचार्य दाङ र सोमनाथ सापकोटा गुल्मीले उम्मेदवारी दिएका छन् ।

उपसचिव पुरुषतर्फ उपेन्द्रलाल कामी, दुर्गाप्रसाद थारु, हीरा एसी र पूर्णबहादुर बुढा मगरले उम्मेदवारी दिएका छन् भने महिला उपसचिवमा आरती पौडेल, लीला राना मगर र बसन्ती अधिकारीले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *