
काठमाडौं।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा पुन निर्वाचन हुनसक्ने संकेत गरेका छन् ।
शनिबार एकीकृत ट्रेड युनियन महासङ्घको कार्यक्रममा कि चुनावमा जाने कि मिलेर सरकार बनाउने दुई मात्रै विकल्प रहेको बताएका उनले आफ्नो पार्टी निर्वाचनमा जान तयार रहेको संकेत गरे ।
‘अब विकल्प कि मिलेर जानु ,कि अरुलाई साथ दिनु कि त चुनावमा जानु हो । हामीलाई त फरक पर्नेवाला छैन। किनभने हाम्रो साथीहरूको हिसाब के छ भने, चुनाव भयो भने पनि हाम्रो पार्टीलाई फाइदै हुन्छ,’ उनले भने, ‘अहिले हामीसँग त्यहाँ चार सिट छ, त्यो सिट संख्या बढेर हामीले दोब्बर तेब्बर ल्याउन सक्छौँ भन्ने विश्वासमा छौं। अरु पार्टीहरूको सातो गएको छ । यत्रो ठूलो सङ्ख्या छ । अर्को पटक त २० भन्दा बढ्दैन् भनेर डराएका छन् ।’
उनले आफूहरू भ्रष्ट नभएको भन्दै कसैले औँला उठाउँदैमा आत्तिन नपर्ने टिप्पणी गरे ।