राजनीति

चिनियाँ राजदूतको अभिव्यक्तिलाई सरकारले नोटिसमा राख्नुपर्छः नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले चिनियाँ राजदूत छन् सोङले केही दिनअघि दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

नेपाल प्रेस युनियन रामेछापले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले चिनियाँ राजदूतले दिएको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत भएको भन्दै उक्त अभिव्यक्तिलाई सरकारले नोटिसमा राख्नुपर्ने बताए ।

‘चीन र भारत दुवै मित्र हुन् । तर, काठमाडौंमा रहेर एकले अर्काको बारेमा टिप्पणी गर्नु कूटनीतिक मर्यादाविपरीत हो,’ उनले भने ।

केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै चिनियाँ राजदूत सोङले नेपालले भारतमा निर्यात गरिरहेको विद्युतबाट घाटा बेहोरिरहेको बताएका थिए । उक्त अभिव्यक्ति दिएपछि राजदूत सोङको चौतर्फी आरोचना भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *