राजनीति

चीनले दाबी गरेको नेपालको नक्सा बारे स्पष्ट धारणा राख्न प्रधानमन्त्रीलाई रास्वपाको सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधामन्त्रीलाई सात बुँदे लिखित सुझाव सहित चीन भ्रमणका बारेमा जनतालाई स्पष्ट पार्नुपर्ने बताएका छन् । नेपालले जेठ २०७७ मै कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेको थियो । तर पनि चीनले हालै सार्वजनिक गरेको नक्सामा नेपालको पुरानै नक्सा समेटेपछि नेपालमा चौतर्फी चासोको विषय बनिरहेको बेला रास्वपाले प्रधानमन्त्रीलाई चीन भ्रमणमा पुगेर उक्त नक्साका बारेमा स्पष्ट धारणा राख्न अनुरोध गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले अमेरिका र चीन भ्रमणमा जानुअघि नै पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग परामर्श गरेका थिए । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा रास्वपा नेताहरुले सातबुँदे लिखित सुझाव पेश गर्दै जनताले थाहा पाउने किसिमले स्पष्ट धारणा चीन भ्रमणमा प्रधानमन्त्तीले स्पष्ट धारणा राख्नुपर्ने बताएका थिए । नेपालका सबै राजनीति दलहरुले चीनले दाबी गरेको नेपालको नक्सा बारे प्रधानमन्त्रीलाई स्पष्ट धारणा राख्न अनुरोध गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *