राजनीति

धर्मेन्द्र बास्तोलाले भने – समाजवादी मोर्चा औचित्यहीन गठबन्धन

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले संसदवादलाई संस्थागत गर्न समाजवादी मोर्चा गठन भएको आरोप लगाएका छन् । आइतबार क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै समाजवादी मोर्चा औचित्यहीन गठबन्धन रहेको बताउँदै समाजवादी मोर्चाले कम्युनिष्टको नाममा भ्रम सिर्जना गरेको बताएका हुन् । आगामी चुनावसम्म यो मोर्चा कायम रहेर चुनावमा गए एक सीट जित्न पनि मुस्किल रहेको समेत दावी गरे ।

गणतन्त्रको विकल्पमा जनगणतन्त्र वैज्ञानिक भएको उल्लेख गर्दै जनगणतन्त्रको व्यवस्था नै आमजनताको उत्तम व्यवस्था भएको नेता बास्तालेको दावी गरे । उनले देश र जनताको अवस्था र देशको व्यावस्था परिवर्तनका लागि अब संविधान बदल्न आवश्यक रहेको उल्लेख गरे । देशलाई परिवर्तन गर्नका लागि क्रान्तिकारी कम्युनिष्ट पाटी एक ठाउँमा भएर काम गर्नुपर्ने बताए । नेपालका राजनैतिक दलका शिर्ष नेताहरु नै भ्रष्टचारी भएको बताए ।

नेपालमा भ्रष्ट्रचारको सुरुवात नै पाटीका शिर्ष नेताहरुको गतिविधिका कारण मौलाएको बताउँदै त्यसको अन्त्यका लागि पनि निष्पक्ष छानबिन हुन आवश्यक रहेको बताए । देशको विकासका लागि छुट्याएको पैसा गैरसरकारी संस्थामा लगानी भएको उनको आरोप छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *