काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुले गरिबका लागि ऋण प्रवाह नगरेको भन्दै आक्रोस व्यक्त गरेका छन् । अहिले बैङकहरुले ठूलो पुँजीपतिहरुलाई मात्र ऋण दिएको र गरिब जनतालाई ऋण नदिएको आइतबार पार्टीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएकमा हुन् । बैंक तथा वित्तीय संस्थाले बाख्रा पालन जस्ता व्यवसायको लागि दिएको लगानी पनि मुनाफा नभएपछि डुब्ने गरेको ओलीले स्पष्ट पारे ।
अध्यक्ष ओलीले गरिबलाई पनि बैंकहरुले कुनै व्यवसाय गर्नका लागि सिड मनिको रुपमा ऋण प्रवाह गर्नुपर्ने बताए । सहकारी संस्थाहरुसँग सरकारले पनि सहकार्य गरेर अघि बढ्नुपर्ने उनले बताए ।