राजनीति

बाँकी रहेका ठाउँमा असोजभित्र अधिवेशन गर्न कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले बाँकी रहेका ठाउँमा असोजभित्र अधिवेशन गर्न निर्देशन दिएको छ । केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जिल्ला कार्यसमितिहरूलाई पत्र पठाउँदै असोज २९ गते भित्र बाँकी रहेका ठाउँमा अधिवेशन गर्न भनेका हुन् ।

कांग्रेसले ०७८ मंसिरमा १४औं महाधिवेशन गरेको थियो । यसअघि हुनुपर्ने विभिन्न तहका अधिवेशन गर्न बाँकी रहेका ठाउँमा असोजभित्रै अधिवेशन गरी केन्द्रमा जानकारी गराउन निर्वाचन समितिले आग्रह गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *