राजनीति

पाँचवर्ष यही गठबन्धन चल्छ, ढुक्क हुनूहोस् : प्रधानमन्त्री

काठमाडौँ।प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच वर्षसम्म वर्तमान गठबन्धनकै सरकार चल्ने बताएका छन्।

सोमबार हुने विराटनगरमा समाजवादी मोर्चाको कार्यक्रमका लागि सवराटनगर पुगेका प्रधानमन्त्री दाहालले विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै दलीय गठबन्धननै चल्ने बताएका हुन्।

पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भने,’ पाँचवर्ष यही गठबन्धन चल्छ, ढुक्क हुनूहोस्।’

मोर्चाको सन्देश सभालाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादवने, कपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोमबार कोशी प्रदेश विराटनगरमा समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रमको ब्यानर र प्रचार सामाग्रीमा कोशी प्रदेश उल्लेख गरिएको थिएन् । मोर्चाहरुले आयोजना गरेको कार्यक्रममा कोशी प्रदेश समावेश नगरेर कोशी प्रदेशप्रति मोर्चाको असन्तुष्टि पैदा भएको देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *