काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दुई दिनपछि सरेको छ । यसअघि केन्द्रीय कार्यसमितिको बैठकको असोज २ गते पार्टीको केन्द्रीय कार्यालय सानेपमामा बस्ने गरी बोलाइएको थियो । अब उक्त बैठक असोज ४ गते दिउँसो १ः०० बजे बस्ने भएको छ ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका निमन्त्रणा पठाइएको जानकारी दिए । गत साउनमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले दुई दुई महिनामा केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको थियो ।
सोहीअनुसार पार्टी सभापति शेरबहादुर देउवाले असोज २ गते बैठक बोलाएका थिए । तर बुधबार कांग्रेसले जारी गरेको सूचनामा बैठक दुई दिनपछि असोज ४ गते बस्ने उल्लेख छ । यसअघि ११ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक बसेको थियो ।