राजनीति

ठुला पार्टीबीच देश लुटिरहने सहमति भएको छ : राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले देशका ठुला पार्टीबीच सत्ता टिकाइरहने र देश लुटिरहने सहमति भएको आरोप लगाएका छन् ।

बुधबार काठमाडौंमा आयोजित पार्टीको उपत्यका केन्द्रीत विरोध सभा कार्यक्रममा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र अनुसन्धान भएको भए झन् ठुला ठुला मानिस पर्छन् भनेर सामसुम गरेको आरोप लगाए ।

पार्टीहरूबीच तै चुप मै चुप गरेर सत्ता टिकाइरहने र देश लुटिरहने सहमति भएको लिङ्देनको दाबी छ ।

उनले भने, ‘कुन पार्टी चोखो रहेछ त ? चुनाव लड्ने बेला अलगअलग लडे । पार्टी पनि अलग, खानी बेला त एकै ठाउँ हुँदा रहेछन् त?नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि अहिले पनि पुलिसले स्वतन्त्रपूर्वक अनुसन्धान गरेको भए त्यो भन्दा ठुला ठुला मानिस पर्ने थिए । तर सामसुम गरे। तै चुप मै चुप गर्ने सत्ता टिकाइरहने र देश लुटिरहने सहमति भएको छ ।’

लिङ्देनले एमसीसी सम्झौताबाट जति पैसा आउँछ त्यसको कयौँ गुणा भ्रष्टाचार एनसेलबाट भएको दाबी गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *