राजनीति

कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा सत्य होइन : विमलेन्द्र निधि

काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने कुरा सत्य नभएको बताएका छन् ।

आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गठबन्धनको सरकार पाँच वर्ष नै चल्ने बताए । नेता निधिले अहिलेको गठबन्धनको सरकार पाँचै वर्ष चल्ने भएकाले यसमाथि कसैले संका गर्ने ठाउँ नभएको बताए । पूर्वसहमति अनुसार नै सरकारको नेतृत्व परिवर्तन सक्ने उनको भनाइ रहेको छ ।

वर्तमान गठबन्धनमा हेरफेरको कुनै सम्भावना नरहेको बताउँदै उनले भने ‘ राजनीतिक स्थायित्वका लागि पनि अहिलेको सरकार पाँच वर्ष चल्ने छ । राजनीतिक प्रक्रियामा दलहरू जुट्नु, फुट्नु, मोर्चा बनाउनुलगायत कुरा सामान्य विषय हो ।’देशको समग्र बिकासका लागि देशमा सबै दलहरु एक जुट भएर अघि बढ्नुपर्ने उनको धारणा रहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *