
काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टीले त्रिपुरेश्वरस्थित भन्सार विभागको कार्यालय घेराउ गरेको छ । सरकारी कर्मचारीमार्फत राजस्वमा हुने भ्रष्टाचार नियन्त्रणको मागसहित पार्टीले आइतबार विभागको कार्यालय घेराउ गरेको हो ।
आइतबार ललितपुरको कुपण्डोल पुलबाट सुरु भएको पार्टीको र्याली विभागको कार्यालय पुगेर महानिर्देशकमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । प्रदर्शनमा श्रमजीवी तथा उत्पीडित वर्गको हक र अधिकारको पक्षमा नाराबाजी समेत भएको थियो । नेपालमा पछिल्लो समय भ्रष्टचारको अभियान नै चलिरहेको बेला आज आम जनता पाटीले पनि नेपाल भ्रष्टचाररहितको हुनु पर्ने र भ्रष्ट्रचार निमूर्ल पार्न सबैको सहभागिता रहेको जनाउँदै प्रर्दशनमा उत्रिएको हो ।