राजनीति

देशको अवस्था परिवर्तन गर्न युवाहरुले नेताहरुलाई सचेत गराउनुपर्छ :गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशको एकता र विकासको लागि युवाहरूको निर्णायक भूमिका रहने बताएका छन् । सोमबार गोरखा–काठमाडौँ युवा समाजद्वारा आयोजित युवाहरू भेटघाट तथा साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘ पूर्खाहरुको उल्लेखनीय भूमिका रहेको स्वतन्त्र देश नेपालमा देशमा संभावना वढी भए पनि भ्रष्ट्रचारका कारण नै देश ओझेलमा परेको बताए । सुशासन र भ्रष्टाचार विरोधी अभियान सरकारले चालिरहेको बताउँदै गृहमन्त्री श्रेष्ठले ‘मिटर ब्याज सम्बन्धी कानुन ल्याएर मिटरब्याजी पीडितलाई न्याय दिन थालिएको बताए ।

पुलिस प्रशासनमा सरुवा बढुवामा लेनदेन हुने कुरालाई शुन्यमा झारेको उनले बताए । यस्तै भुटानी शरणार्थी, ललिता निवास, सुन तस्करी प्रकरण सबैलाई कारबाही अगाडि बढाएको उनले बताए । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले माओवादी पार्टी भए पनि गलत गर्नेले नछोड्ने उनको भनाइ थियो ।

उनलाई देशमा भएको समृद्धि विस्तार देशको अवस्था परिवर्तन गर्नका लागि युवाहरुले नेताहरुलाई सचेत गराउनुपर्नेमा जोड दिनुपर्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *