
काठमाडौं । नेकपा माओवादी केन्द्रका कोशी प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशी सरकारबाट एमाले चाँडै बाहिरिनु उचित रहेको बताए । मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिएपछि बुधबार प्रदेशसभा बाहिर पत्रकारहरुसँग कुरा गर्दै आङ्बोले एमालेले गठबन्धनको कमजोरी र सरकार गठनसम्बन्धी संविधानको व्यवस्थामा टेकेर सरकारमा पुगेको उल्लेख गरे ।
कोशी प्रदेशबाट समयमा नै नेकपा एमाले बाहिरिएको उचित हुने माओवादी नेता आङबोले बताए । मुख्यमन्त्री केदार कार्की कांग्रेस सांसद भएर पनि गठबन्धनको भावना आत्मसात नगरेको भन्दै उनले आफूहरुले गठबन्धनको भावना अनुसार विश्वासको मत दिएको उनको भनाइ छ । माओवादी केन्द्र एमाले नेतृत्वको सरकारमा रहँदा अहिलेका मुख्यमन्त्री कार्कीले सत्ता गठबन्धनको भावना अनुसार सरकारबाट बाहिरिन आफूहरुलाई आग्रह गरेको नेता आङ्बोले बताए ।