काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले दसैँ, तिहार र छठ जस्ता चाडपर्वमा पनि सरकारले नागरिकलाई पीडा दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
विजयादशमी, दीपावली एवम् छठ पर्वको शुभकामना व्यक्त गर्दै जबराले बजार भाउले नागरिकलाई उठ्नै नसक्ने गरी थला पारिसके पनि सरकारलाई प्रर्वाह नभएको समेत बताएका हुन् । जबराले दसैँको बेलामा पनि सरकारले जनतालाई सुख र शान्ति नदिएको भन्दै सरकारप्रति प्रश्न उठाएका छन् ।
‘नेपाली जनतालाई हर सुख, हर शान्ति मेरो हृदयदेखि अत्यन्त ठूलो शुभकामना दिन चाहन्छु । तर सन्दर्भ गतिलो छैन । नेपालको जनतालाई अहिले ठूलो दुःख र पीडा भइरहेको छ । अहिले भाउ व्यापक बढेको छ । अर्थतन्त्र गिरेको छ । भुईं छोला जस्तो भइसक्यो’ जबराले भने, ‘यो अवस्थामा सरकार के हेरेर बसेको छ ? किन नेपाली जनताको सुख र शान्ति दसैँको बेलामा पनि दिन सक्दैन ?’
जबरा थप्छन्, ‘हामी संसद्मा छौँ । हामी सरकारलाई भन्न चाहन्छौँ– दसैँ, तिहार र छठको बेला अविलम्व नेपाली जनताप्रति सजग र सचेत होउ । यो दश्सैँमा अलिकति भए पनि नेपाली जनतालाई चैन देउ । मुलुक र नेपाली जनता तपाईँहरूबाट अलिकति सुख खोजिरहेका छन् ।