राजनीति

प्रधानमन्त्री प्रचण्ड रुकुम पश्चिममा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड माओवादीको आधार इलाका रुकुम पश्चिममा पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड बिहिबार छन्जिल्लाको एक सहिद मेलालाई सम्बोधन गर्नका लागि हेलिकोप्टर मार्फत रुकुम पुगेका हुन्।

रुकुम पुगेर प्रधानमन्त्री प्रचण्डले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत माओवादी केन्द्र रुकुम पश्चिम बाफिँकोट गाउँपालिका– ६ र ७ को विस्तारित बैठकमा सहभागीता जनाएका छन् ।

प्रधानमन्त्री प्रचण्ड आजै सहिद परिवार, घाइते परिवार र अगुवा कार्यकर्ता सँग भेटघाट गरेर काठमाडौँ फर्कने कार्यतालिका रहेको छ । हालै माओवादी उपमहासचिव जनार्दन शर्मा र कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा पनि रुकुम पुगेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *