
काठमाडौं । राष्ट्रिय सभाको बैठक कार्तिक १४ गतेका लागि आह्वान गरिएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कात्तिक १४ गते मंगलबार अपरान्ह ४ः४६ बजे बस्नेगरी बैठक बोलाएका हुन्। राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालद्वारा शुक्रबार जारी सूचनामा राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम १ बमोजिम सो दिन बैठक आह्वान गरिएको हो ।