कोशी प्रदेश

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दिएको राजीनामा अस्वीकृत

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत भएको छ । प्रदेशसभा सचिवालयमा सोमबार बसेको कांग्रेस दलको बैठकले उनको राजीनामा अस्वीकृत गरेको स्रोतले जनाएको छ ।

कोशी प्रदेश सरकारमा सांसद केदार कार्कीले पार्टीबाट विद्रोह गरेर मुख्यमन्त्री बन्न एमालेको साथ लिएपछि कार्कीको निर्णयप्रति असहमति जनाउँदै थापाले राजीनामा दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *