मुख्य समाचार

कांग्रेस सहकारी विभागको प्रमुखमा कँडेल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य देवेन्द्रराज कँडेललाई सहकारी विभागको प्रमुखमा मनोनयन गरेका छन् ।

शुक्रबार पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३७ (१) (ग) बमोजिम सभापति देउवाले कँडेललाई सहकारी विभागको प्रमुख मनोनयन गरेको उल्लेख छ ।

हालसम्म कांग्रेसका १७ विभागको नेतृत्व चयन भएको छ । तर महाधिवेशनको लामो समयसम्म पनि गठन नहुँदा र बनेकाले पूर्णता नपाउँदा विभागका गतिविधि शून्य छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *