
काठमाडौं । प्रधानममन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारका लागि भनेर आउँदो मंसिर ४ गते बृहत् बैठक बोलाएका छन् ।
तनहुँको आबुखैरेनीमा शुक्रबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफुले सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको भए पनि अहिले क्रमशः सुधार हुँदै गएको दाबी गरे । ‘मैले सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा थियो । अहिले अर्थतन्त्रमा राम्रो सुधार आएको छ ।
तर दबाबमुक्त भइसकेको छैन । यही मंसिर ४ गते मैले अर्थतन्त्र सुधार्नका लागि बृहत् बैठक बोलाएको छु,’ उनले भने । प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा गति ल्याउने बारेमा गम्भीर छलफल हुने भन्दै सो बैठकले ठोस प्याकेज घोषणा गर्ने र अर्थतन्त्रमा सुधार ल्याउने जिकिरसमेत गरेका छन् ।