
काठमाडौं । नेपाली कांग्रेसले सरकारको प्रभावकारीताका विषयमा छलफल गर्न केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने भएको छ ।
सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार विहान बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । तर मिति भने घोषणा भइसकेको छैन । केही दिनपछि पार्टीका पदाधिकारी, नेताहरु, कार्यसम्पादन समितिका सदस्य र सरकारका मन्त्रीहरुका विचमा सरकारका काममा केन्द्रीत भएर बैठक गर्ने कुरा भएको महामन्त्ती गगन थापाले बताए । उनक अनुसार एउटा केन्द्रीय समिति र संसदीय दलको बैठक पनि सरकारकै विषयमा मात्रै केन्द्रित भएर छलफल हुनेछ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले मङ्सिर ७ गतेको आन्दोलनलाई लिएर सरकारले गम्भीर रूपमा हेरिरहेको बताए । उनले संविधानले जनताका हरेक अधिकारलाई सुनिश्चित गरेको भए पनि समाज भन्दा बाहिर गएर अभिव्यक्ति दिन नहुने बताए । उनले मङ्सिर ७ गते दुई पक्षको आन्दोलन भएकाले त्यसबाट आउने समस्याका बारेमा सरकार सचेत रहेको बताए ।