मुख्य समाचार

मेची–महाकाली १९ दिने पदयात्रामा सुदूरपश्चिममा ओली, भिम रावलले नजाने

काठमाडौं । नेकपा एमालेले सुरु गर्न लागेको मध्य पहाडी लोकमार्गको पदयात्रा कार्यक्रमको उद्घाटनका लागि अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम पुगेका छन् ।एमालेले समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर बिहीबारदेखि बैतडीको झुलाघाटबाट एमालेले मध्यपहाडी लोकमार्गको पदयात्रा सुरु गर्ने भएको छ ।

सोही पद यात्राको उदुघाटनका लागि एमाले अध्यक्ष ओली सुदुरपश्चिम पुगेका हुन् । अध्यक्ष केपी शर्मा ओली मंगलबार साझ कैलालीको धनगढी पुगेका थिए। अध्यक्ष ओलीसहितका शीर्ष नेतृत्व कार्यक्रममा सहभागीका लागि बुधबार बिहानै बैतडीको झुलाघाट प्रस्थान गरेका छन् ।

एमाले नेता डा.भीम रावल उक्त पदयात्रामा सहभागी नहुने भएका छन्। पदयात्राको लागि आफूलाई निम्ता नगरिएको र निम्तो गर्दा जाने बताउँदा नगए हुन्थ्यो भन्ने मनोसाय दिएपछि आँफू उक्त कार्यक्रममा सहभागि हुन नसक्ने उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

एमालेले बिहीबार बिहान ९ बजे पश्चिम बिन्दु झुलाघाटदेखि सुरु गर्ने पदयात्रा १ हजार ८ सय ७९ किलोमिटरको मध्यपहाडी लोकमार्ग अन्तर्गत पूर्वको चिवाभञ्ज्याङ समाप्त गर्ने कार्यतालिका रहेको जनाइएको छ ।

नेकपा एमालेका नेता दामोदर भण्डारीका अनुसार यात्राका क्रममा एमालेले ठाउँ–ठाउँमा आमसभाको आयोजना गर्ने भएको छ । बैतडीको झुलाघाटमा हुने पदयात्रा शुभारम्भ कार्यक्रमको तयारी पूरा भएको उनको भनाइ छ । अध्यक्ष ओलीलाई बैतडीको सीमामा स्वागत गर्ने कायक्रम समेत आज रहेको छ । ओली पाटनमा आयोजना हुने सम्मान कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

अध्यक्ष ओलीले निङ्लाशैनी मन्दिरको दर्शनपछि ओली सदरमुकाम गोठलापानी जाने कार्यक्रम छ। बिहीबार बिहान ९ बजे झुलाघाटमा एमाले अध्यक्ष ओलीले पदयात्राको शुभारम्भ गर्ने एमाले स्रोतले जनाएको छ । त्रिपुरा सुन्दरी मन्दिरको दर्शन, सहिद दशरथ चन्दको घरमा पुगेर शालिकमा माल्यार्पण, पार्टी कार्यालय उद्घाटनलगायतका कार्यक्रममा ओली सहभागी हुने तय भएको छ।

ओलीले बैतडीको गोठलापानीमा आयोजना हुने आमसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ । सुदूरपश्चिम खण्डमा झुलाघाटदेखि वनखेतसम्मको ३५८ किलोमिटर यात्राको बीचमा डडेल्धुरा, डोटी, अछामको साँफेबगर र मंगलसेनमा आमसभा गर्ने कार्यक्रम तय भएको छ । करिब १९ दिनसम्म सञ्चालन हुने पदयात्राका क्रममा बाटोमा पर्ने ठाउँको विकास सम्भावना र समृद्धिबारे छलफल, बहस र अध्ययन हुने एमालेले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *