राजनीति

राष्ट्रपति पौडेलले गरे २ देशमा गैरआवासीय राजदूत नियुक्त

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले २ नेपाली राजदूतलाई अन्‍य २ देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालयलका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधार १ बमोजिम राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मोजाम्बिकको लागि र राजदूत रामप्रसाद सुवेदीलाई इटालीका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।

तामाङ दक्षिण अफ्रिकाका लागि र सुवेदी स्विटजरल्याण्डका लागि नेपालका आवासीय राजदूत हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट