राजनीति

प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ नेपाल आउँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार स्वदेश फर्किने भएका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा सहभागी हुन दुबई गएका प्रधानमन्त्री आइतबार साँझ स्वदेश फर्किने भएका हुन् ।

कोप २८ मा प्रधानमन्त्री प्रचण्डले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवम् हानिकारक असर भोगिरहेको उल्लेख गरेका थिए । जलवायु परिवर्तनको असरलाई न्युनीकरण गर्नका लागि नेपाललाई अब विश्वले सगाउनु पर्ने उनको भनाइ थियो । अहिले नेपालमा जलवायु परिवर्तनका कारण हरेक समस्या उत्यन्न भइरहेकाले नेपालमा देखिएका समस्या न्युनीकरणका लागि विश्वको सहयोग नेपाललाई चाहिने समेत उनले उल्लेख गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले सम्रग नेपालीको समस्या लिएको आएको बताउँदै नेपालमा रहेको विश्वकै अग्लो सगरमाथामा जलवायु परिवर्तनको असर प्रत्यक्ष देखिन थालेको समेत उल्लेख गरेका थिए ।

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संयन्त्र (आइपिसिसी) ले दिएको प्रतिवेदनबाट आफूलाई सबैभन्दा बढी चिन्तित तुल्याएको उल्लेख गर्दै उनले जलवायु प्रेरित प्रकोपले हिमाली क्षेत्रमा कीर्तिमान तोडिरहेको सम्मेलनमा उल्लेख गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *