राजनीति

झलनाथ खनाल र चिनियाँ राजदूतबिच भेटवार्ता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता, विदेश विभाग प्रमुख तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले भेटवार्ता गरेका छन् । आइतबार बिहान खनाल निवास डल्लुमा उनीहरूबिच शिष्टाचार भेटवार्ता भएको हो ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार उनीहरुबीच आइतबार बिहान भएको भेटवार्तामा आपसी हित एवं चासोको विषयमा कुराकानी भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट