राजनीति

देशलाई विकासको बाटोमा अघि बढाउन एमालेको एकल बहुमतको सरकार आवश्यक छ : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थाविरुद्ध अनेक किसिमका तत्वहरु मिसाएर कुरा गरिरहेको बताएका छन् । समृद्धिको लाग सङ्कल्प यात्रामा निस्किएका ओलीले आइतबार दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्नेक्रममा प्रक्रियावादीहरू गणतन्त्रलाई उल्टाउने प्रयासमा लागे पनि त्यो सफल नहुने बताएका हुन्

‘ ओलीले लामो समयको त्याग तपस्या र बलिदानले ल्याएको गणतन्त्र फालेर पुनः राजतन्त्र ल्याउने कुरा गर्ने देशद्रोही भएको उल्लेख गरे । राजतन्त्र ल्याउने कुरा गरिब जन्तालाई गरिबमैँ राख्ने प्रवृति भएको भन्दै लोकतन्त्र विरोधी शक्ती कहिले पनि अगाडी बढ्न नसक्ने टिप्पणी समेत गरे । लोकतन्त्रको विरुद्धमा बोल्ने र त्यसबारे सोच्ने व्यक्ति नेपाल र नेपालीको हितको पक्षमा नरहेको स्पष्ट पार्दै ओलीले भने, ‘त्यो नेपाल र नेपालीको हित विपरीतको कुरा हुन्छ ।’

ओलीले एमाले सरकारमा भएको बेला देशको आर्थिक अवस्था सकरात्मक भएको र सरकारबाट बाहिरिएपछि देशको अवस्था नाजुक हुँदै गएको समेत दावी गरे । उनले एमाले सरकारमा भएको बेला युवाहरु विदेसिनेको संख्या न्युन भएको बताउदैँ अब देशमा परिवर्तनका लागि एमालेको सरकार जनताले चाहेको समेत दाबी गरे । देशलाई विकासको बाटोमा अघि बढाउनको लागि नेकपा एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको ओलीले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *