राजनीति

वर्तमान सरकार चीनको सहयोग लिन डराएको एमाले अध्यक्ष ओलीको दावी

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी ओलीले चीनको सहयोग लिन वर्तमान सरकार डराएको बताएका छन् । चीनले नेपाललाई सहयोग गर्न खोज्दा चिनको सहयोग लिन वर्तनमा सरकार डराउने ओलीले बताएका हुन् ।

सोमवार झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा दैलेखमा आठ राजनीतिक दलहरूले बुझाएको ध्यानाकर्षपत्र बुझ्दै ओलीले यस्तो बताएका हुन् । ओलीले देशको विकासका लागि आँफै सक्रिय हुनुपर्ने बताउँदै राजनीति दलले विकासका लागि अघि बढ्नुपर्ने समेत बताए । राजनीति दलले अब सहकार्यका साथ देशको विकास गर्न आवश्यक रहेको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *