राजनीति

देशमैँ रोजगारी मिलाउन केपी ओलीलाई नौ वर्षे बालकको पत्र

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पेट पाल्न हामीले विदेशिनु नपरोस् भन्दै समसामयिक विषयमा सुर्खेतका एक ९ वर्षीय बालकले पत्र लेखेका छन्। नौ वर्षीय किशोर पौडेलले देशको समसामयिक विषयमा प्रधानमन्त्रीलाई जानकारी गराउदैँ यस्तो पत्र लेखेका हुन् ।

गुर्भाकोट नगरपालिका–१० भेडाबारीका ९ वर्षीय बालक किशोर पौडेलले आफूलाई यात्राकै क्रममा सानो पत्र हातमा दिएको अध्यक्ष ओलीले बताएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सामाजिक सञ्जालमार्फत् ती बालकले दिएको पत्र पनि सार्वजनिक गरेका छन्। पत्रमा बालकले आफूजस्ता बालकहरू युवा अवस्थामा पुग्दा पेट पाल्नकै लागि विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्न आग्रह गरेका छन्।

‘म र मजस्ता बालकहरू युवा अवस्थामा पुग्दासम्म पेट पाल्नका लागि विदेश जानैपर्ने अवस्थाको अन्त्य गरिदिनुहुन अनुरोध गर्दछु,’ बालकले लेखेको पत्रमा उल्लेख छ। ओलीले बालकको पत्रपछि निर्माण थालिएको मध्यपहाडी लोकमार्ग निर्माण, भेरी बबई डाइभर्सन लगायतका काम त्यसैका लागि भएको पनि बताएका छन्। अहिले ओली मध्यपहाडी लोकमार्ग अन्तर्गत महाकाली–मेची यात्रामा छन् ।

‘ केपी ओलीले बालकलाई जवाफ दिदैँ मध्यपहाडी राजमार्ग निर्माण त्यसैका लागि थालेको बताए । ओलीले भेरी बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि थालेको बताउँदै ग्रामीण विद्युतीकरण, इन्टरनेट विस्तार पनि त्यसैका लागि भएको उल्लेख गरेका छन् । ओलीले ‘सुर्खेत, सल्यान, जाजरकोट, रुकुममा निर्माण भएका चिल्ला सडकहरुले बाबुको सपना पूरा सहयोग पुग्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *