राजनीति

एनसेल प्रकरणको बारेमा सत्यतथ्य विवरण सार्वजनिक गर्न राप्रपाको सरकारसँग माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र नेपाल (राप्रपा)ले एनसेल प्रकरणको बारेमा सत्यतथ्य विवरण सार्वजनिक गर्न राप्रपाको सरकारसँग माग गरेको छ । राप्रपाले बिहीबार एक विज्ञप्ती जारी गर्दै नेपालको कानुन बमोजिमकों प्रकृया अपनाएर कार्वाही अगाडि बढाउन र देशमा भित्रिने वैदेशिक लगानीलाई प्रोत्साहित गराउने एवं भ्रष्टाचारलाई दुरुत्साहन र नियन्त्रण गर्नका साथै उक्त एनसेल प्रकरणको बारेमा सत्यतथ्य यथार्थ विवरण सार्वजनिक गर्न सरकारसँग माग गरेको हो ।

१। सधैंभरी विवादास्पद रुपमा आइरहने एनसेल प्रकरण फेरी विवादमा आएको छ । एनसेल सेयर खरिद विक्रीमा अरबौं रुपैयाँ कर छली गर्ने, नेपाल सरकारको स्वामित्वमा आउनबाट रोक्ने तथा प्रचलित दुरसञ्चार कानुन विपरित हुने गरी सेयर खरिद(विक्री भएको बारे राप्रपा नेपालको गम्भिर ध्यानाकर्षण भएको प्रवक्ता वशन्त॑मान सिंह अधिकारी जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

गत मंसिर ७ गतेदेखि काठमाडौंमा सुरु गरेको शान्तिपूर्ण जनप्रदर्शनका क्रममा मंसिर ८ गते स्वतन्त्र नागरिकका हकहितलाई वेवास्ता गर्दै संविधान र कानुन विपरित पक्राउ गरिएका श्रीनिवास आचार्य, मुनीन्द्र राजभण्डारी, सन्तोष सिल्वाल, पशुपति खड्का, सतिस न्यौपाने, गोकर्ण शाही, आवास खड्कालगायतलाई हालसम्म थुनामा राखी यातना सहित अमानवीय व्यवहार गरिएकोले तत्काल रिहाइ गर्न समेत राप्रपाले सरकारसमक्ष माग गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *