मुख्य समाचार

उपकुलपति नियुक्ती विवाद समाधानका लागि प्रधानमन्त्ती र शिक्षामन्त्रीलाई बोलाउने संसदीय समितिको निर्णय

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि विकास समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति (भीसी) छनोटको समस्याबारे समितिले तीन दिनभित्र प्रधानमन्त्री, शिक्षामन्त्री लगायतलाई बोलाउने निर्णय गरेको छ। संसदीय समितिले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री र सिफारिस समितिका अन्य सदस्यलाई पनि समितिमा बोलाएर छलफल गर्ने निर्णय गरेको हो। रास्वपाकी सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको भीसी ९उपकुलपति० नियुक्तिबारे प्रधानमन्त्रीको धारणा माग गरेकी हुन् ।

समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको सर्ट लिस्टमा परेका विवादित व्यक्तिहरुबारे पुनर्विचार गर्न समेत माग गरेको छ । सार्वजनिक भएको सर्टलिस्टमा तीर्थराज खनियाँ, केशरजंग बराल र शिवलाल भुसाल रहेका छन् । उनीहरुमाथि समितिले प्रश्न खडा गरेको हो ।

खनियाँमाथि बौद्धिक चोरीको आरोप, बराललाई पोखरा विश्वविद्यालयको उपकुलपति हुँदा अनियमितता गरेको आरोप र बहालवाला कार्यवाहक उपकुलपति भुसालमाथि राष्ट्रिय सूचना आयोगले जरिवाना गरेको आरोप लागेको छ । उक्त विषयमा समितिले प्रश्न उठाएको हो । सभापति भानुभक्त जोशीका अनुसार सोमबार बसेको समितिको बैठकले सिफारिस समिति र मन्त्रालयलाई विवादास्पद देखिएका व्यक्तिबारे ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

उपकुलपति नियुक्तिको सर्ट लिस्टमा परेकामध्ये भ्रष्टाचार मुद्दामा अनुसन्धानको क्रममा रहेको, सूचना लुकाएको आरोप लागेका र बौद्धिक चोरीमा समेत परेकाहरु भएको भन्दै सांसदहरुले यस्ता विभिन्न विषयमा आरोप लागेका व्यक्तीहरुलाई उपकुलपतिको सटलिस्टमा राख्नु अपराधिक क्रियाकलापमा संलग्नलाई प्रोत्साहन गरेको भन्दै आरोप लगाएका हुन् । त्रिभुवन विश्वविद्यायलयको उपकुलपति चयनका क्रममा कुनै पनि राजनीति दलमा आवद्ध नभएको र कुनै पनि गैरकानुनी कार्य गरेको आरोप लागेको व्यक्तीलाई छनोट नगर्ने त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको सुचनामा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *