मुख्य समाचार

प्रतिवेदनमाथिकाे छलफलका लागि चार समूह विभाजन

काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्रमा पेश गरिएका प्रतिवेदनमाथि छलफलका लागि समूह विभाजन गरिएको छ। महासमिति बैठकमा पेश भएका प्रतिवेदनमाथिको छलफलका लागि विभिन्न चार समुहमा विभाजन गरिएको छ । महासमितिमा सहभागी २२ सय जनालाई चार समूहमा विभाजन गरिएको हो।

कांग्रेस महासमिति बैठकमा भोली तीन समुहमा विभाजन गरेर बिहीबार कार्यक्रम सक्ने तयारी छ । भोलि पुरै समुहमा छलफल चलाउछौँ, प्रचार विभाग प्रमुख मीन विश्वकर्मालेका अनुसार भोली पनि समुहगत छलफल हुनेछ । सोमबार उद्घाटनसँगै महासमितिको बैठकको दोस्रो दिन बन्दसत्र सुरु भएको थियो ।

बन्दसत्रमा छलफलका लागि पाँचवटा प्रतिवेदन पेस हुँदै छन्। मंगलबार सबैभन्दा पहिले पार्टीका उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गरेका छन्। उनीसँगै लेखा समितिका संयोजक श्याम घिमिरेले आर्थिक प्रतिवेदन पेश गरे। त्यसपछि महामन्त्री गगनकुमार थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेश गर्दैछन्। पार्टीका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव पेस गर्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *