काठमाडौं । नेकपा एमालेका योगेशकुमार भट्टराईले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र स्वतन्त्र नरहेको दावी गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीले स्वच्छ र स्वतन्त्र ढङ्गले उपकुलपति नियुक्ति गर्ने अभिव्यक्ती दिएपनि अन्तिममा पारदर्शी बन्न नसकेको उनको दावी छ । अनुसन्धान, प्रस्तुतिमा कम नम्बर राखेर अन्तर्वार्तामा बढी नम्बर राख्ने र अन्तर्वार्ता शिक्षामन्त्री र शिक्षा सचिवले लिने प्रक्रियाबाट योग्य व्यक्ति छनोट हुन नसकेको उनको दावी छ । प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयको उपकुलपतिमा पाटीभित्रको गुटको मान्छे नियुक्ती गर्ने भन्दै उपप्राध्यापकले उपकुलपतिको अन्तवार्ता दिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
अहिलेको उपकुलपति नियुक्ति प्रक्रिया तत्काल बन्द गरी स्वतन्त्र र निष्पक्ष ढङ्गले उपकुलपति छनोट प्रक्रिया अघि बढाउन उनले माग गरेका छन् । पश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चल विश्वविद्यालयको अवस्था पनि त्रिविको जस्तै रहेकाले उक्त विषयमा समेत ध्यान दिनुपर्ने बताए ।पाटीभित्रको अयोग्य मान्छेलाई योग्य भएको प्रमाणित गर्न प्रधानमन्त्री प्रचण्डले धाँधली गरेको उनको भनाइ छ ।