काठमाडौं । नेपाली कांग्रेस महासमितिको बैठकमा वैदिक सनातन हिन्दुराष्ट्रको स्थापानको मागसहित एक हजार ६१ जनाको हस्ताक्षर संकलन भएको छ । महासमिति बैठक समापनको अन्तिम दिन कांग्रेस महासमिति सदष्यहरुले एक हजार ६१ जनाले हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर संकलन गरेर सभापति देउवालाई बुझाएको अभियानका सहसंयोजक लोकेश ढकालले जानकारी दिए । उनका अनुसार पूर्वमहामन्त्री डा.शंशाक कोइराला सहित ४२ जना केन्द्रीय सदस्यले समेत हस्ताक्षर गरेका छन् ।
सोमबारदेखि सुरु भएको महासमिति बैठकमा पहिलो दिनदेखि नै हिन्दुराष्ट्रको पक्षमा हस्ताक्षर संकल्न गरेका थिए । हस्ताक्षर संकलन गरेपनि महासमिति बैठकमा हिन्दु राष्ट्रको पक्षमा छलफल भएन् । महासमिति बैठकमा पनि हिन्दुराष्ट्रको पक्षमा ७१४ जनाले हस्ताक्षर गरेर सभापतिलाई बुझाइएको थियो । २२ जना केन्द्रीय सदस्यले हिन्दुराष्ट्रको एजेण्डामा महासमिति बैठकमा छलफलको एजेण्डा बनाउनुपर्ने माग सहित सभापति देउवालाई हस्ताक्षर बुझाएका थिए ।