राजनीति

टीआरसी विधेयक समयमा नै निष्कर्षमा पुर्‍याएर पिडितलाई न्याय दिनुपर्ने कांग्रेसको धारणा

काठमाडौं । नेपाली कांग्रेसले संक्रमणकालिन न्याय सम्बन्धी विधेयक समयमा नै टुङ्गोमा पु¥याउनुपर्ने धारणा राखेको छ । लामो समयदेखी अल्झिएर रहेको विषय समयमा समाधान गर्न नसक्दा एउटै विषयमा बारम्बार छलफल हुने गरेकाले महत्पूर्ण समय खेर गएको र पिडितले न्याय पाउन नसकेको कांग्रेसले धारणा प्रस्तुत गरेको छ ।

नेपाली कांग्रेसले समयमा नै संक्रमणकालिन विद्येय छलफलका माध्यमबाट निष्कर्षमा पु¥याउनुपर्ने बताएको हो । संक्रमणकालिन न्याय समाधान नहुँदा द्वोन्द्वकालको समयमा अपाङ ,घाइते, द्वोन्द्वपिडित,भुमिहीन, परिवारविहीन बनेको नागरिकहरुले मुक्ती न्याय पाउन नसकेको बताउँदै यस्ता समस्याको समाधान टिआरसी विद्येयक निष्कर्षमा पु¥याउनुपर्ने कांग्रेसले धारणा सार्वजनिक गरेको छ । नेकपा माओवादी अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न बैठकहरुमा संक्रमणकालीन न्याय समयमा नै टुङ्गोमा पु¥याउने र पिडितहरुलाई न्याय दिने आश्वासन दिएका थिए । तर सरकारले अहिलेसम्म संक्रमणकालीन न्यायबारे कुनै ठोस निष्कर्ष निकाल्न सकेको छैन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालिन न्याय सम्बन्धी विधेयक एक हप्ता भित्र टुंगोमा पुर्‍याउने गरी अगाडि बढ्ने प्रस्ताव राखेका छन् । शुक्रबार बसेको प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव राखेका हुन् ।

कांग्रेसका प्रमुख सचेतक लेखकले सरकाले संक्रमणकालिन न्यायलाई निष्कर्षमा पु¥याउन समयमा नै सबै राजनीति दलहरुसँग छलफल गर्नुपर्ने बताए । केही विषयमा कसैगरी सहमति नजुटे संसदीय प्रक्रियामा लगेर संक्रमणकालिन न्याय टुंगो लगाउने कुरामा सबैले सहमति जनाउनुपर्ने बताए । उनले सञ्चार माध्यमले पनि यसलाई ढिलो गर्ने कुरालाई राम्रो रुपमा नलिएको समेत उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *