काठमाडौं । नेकपा एमालेकी सांसद विद्या भट्टराईले सरकार सहकारीबाट पीडित नागरिकहरुको समस्या समाधान गर्न आग्रह गरेकी छिन् । आइतबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् । पोखरा महानगरमा ३६७ वटा सहकारी छन् । त्यसमध्ये १६ वटा सहकारी संस्थाको बचत जोखिममा रहेको समाचार विभिन्न संचारमाध्यममा पटक पटक सम्प्रेषण भएको तर अहिले सम्म सरकारले चासो नदेखाएको उनले बताइन् ।
सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले सहकारी संचालन प्रक्रियामा विचलन आएको बारेमा गत भदौ २५ गते सरकारलाई जानकारी गराएको बताउँदै उनले सूर्य दर्शन सहकारीका मुख्य संचालकहरुलाई फरार सूचीमा राखेको उनले बताइन् । अपराधिक क्रियाकलापमा संलग्न मानिसलाई सरकारले संरक्षण गर्न नहुने उनले बताइन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पाटीकी सांसद सुमना श्रेष्ठले पनि मिटरब्याज पीडितहरुको माग सम्बोधनका लागि दीर्घकालीन योजना बनाउन सरकारको ध्यानाकर्षण गराइन् । उनले सरकारले जवादका नाराहरु लगाउने गरेको तर जनताले पाएको पिडाका बारेमा सरकारले मलम नलगाएको उनले बताइन् । उनले भनिन,‘ सरकारले अब जनताका समस्यामा केन्द्रित भएर काम गर्नुपर्छ । उनले हरेक जिल्लामा मिटरब्याज पीडितको लागि छिटो न्याय दिलाउन पूर्वन्यायाधीश सम्मिलित मिटरब्याज पीडित इजलास बनाउन प्रधानमन्त्रीलाई उनको सुझाव छ ।