राजनीति

२०० किलोको मालामा विष्णु पौडेलको गलामा

काठमाडौं । जनकपुरमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई दुई सय किलोको मालाले स्वागत गरिएको छ ।एमाले नेता कार्यकर्ताहरूले जनकपुरधाम विमानस्थलमा दुई सय किलोको फूलको मालाले पौडेललाई स्वागत गरेका हुन् ।

जनकपुरधाम उपमहानगर कमिटीले उक्त माला पूर्व प्रधानमन्त्री एवमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि तयार पारेको थियो । केपी ओली अनुपस्थित भएपछि उपध्यक्ष पौडेललाई उक्त मालाले स्वागत गरिएको हो ।

आइतबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा जारी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापनको लागि ओली आउने कार्यक्रम तय थियो । ओलीको अनुपस्थितिका कारण उपाध्यक्ष विष्णु पौडेल आएपछि उनलाई उक्त मालाले स्वागत गरिएको एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले जानकारी दिए ।
उनका अन्ुसार अध्यक्ष ओली आउने कार्यक्रम विशेष परिस्थितिका कारण स्थगित भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *