मुख्य समाचार

द्वन्द्वकालका गम्भीर यौनजन्य हिंसाका पीडितलाई ३ महिनाभित्र उजुरी गर्ने प्रस्ताव

काठमाडौं । आइतबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सशस्त्र द्वन्द्वकालमा गम्भीर यौनजन्य हिंसाका पीडितलाई ३ महिनाभित्र उजुरी गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सरकारले विधेयकमा थप प्रस्तावको व्यावस्था अगाडी सारेको हो ।

हालसम्म उजुरी गर्न नसकेकाहरूले मनासिब कारणसहित ऐन जारी भएको ३ महिनाभित्र उजुरी गर्न पाउने व्यवस्था राख्न कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले प्रस्ताव गरेका हुन् । उक्त प्रस्तावमाथि बैठकमा बोल्ने अधिकांश सांसदले सहमति जनाएका छन् । मानव अधिकार उल्लंघनका घटनामा दुई पक्षबिच मेलमिलाप नभएमा अदालती प्रक्रियामा जाने व्यवस्था गर्ने विषयमा समेत सांसदहरु सहमत भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *