कोशी प्रदेश

खोटेहाङ गाउँपालिका : सबै शिक्षक तथा जनप्रतिनिधिका बालबालिकालाई सामुदायिक विद्यायलमा भर्ना गर्न निर्देशन

काठमाडौं । खोटेहाङ गाउँपालिकाले सबै शिक्षक तथा जनप्रतिनिधिका बालबालिकालाई शैक्षिक सत्र २०८१ मा पायक पर्ने सामुदायिक विद्यालयमा भर्ना निर्देशन दिएको छ । शिक्षामन्त्रालयले केही दिन अघि स्थानीय तहलाई सबै जनप्रतिनिधि, शिक्षक र कर्मचारीहरुका बालकालिकाहरुलाई सामुदायिक विद्यालयमा भर्ना गर्ने कार्यक्रम मिलाउन निर्देशन दिएपछि खोटेहाङ गाउँपालिकाले सोमबार एक सुचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

आर्थिक वर्ष २०८० र०८१ को वार्षिक नीति तथा कार्यक्रममा गाउँपालिकाबाट तलब, भत्ता लगायतका आर्थिक सुविधा प्राप्त गर्ने शिक्षक, कर्मचारी र निर्वाचित जन प्रतिनिधिहरुका बालवालिकाहरुलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने भनि भएको व्यवस्थामा चैत्र ८ गते गाउँ कार्यपालिकाको बैठकको निर्णयानुसार सबै प्रकारका कर्मचारी सबै प्रकारका शिक्षक तथा सम्पूर्ण निर्वाचित जन प्रतिनिधिहरुलाई आगामी शैक्षिक सत्र २०८१ मा आफ्ना बालबालिकाहरुलाई पायक पर्ने सामुदायिक विद्यालयमा भर्ना गर्न अनुरोध गरिएको जारी विज्ञप्तीमा उल्लेख छ ।

सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि गाउँपालिकाले अवलम्बन गरेको यस नीतिलाई सहयोग गर्न सम्पूर्ण राजनैतिक दल, नागरिक समाज, शिक्षा प्रेमी लगायत सरोकारवालासँग गाउँपालिकाले अपिल समेत गरेको छ ।

सूचनालाई वेवास्ता गरि आफ्ना बालबालिकाहरुलाई निजी विद्यालयमा भर्ना र अध्ययनरअध्यापन गरेको पाईएमा सम्बन्धित व्यक्तिको तलब, भत्ता लगायतका सेवा सुविधा गाउँपालिकाको कार्यालय देखि रोक्का हुने खोटेहाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *