काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक’ मा प्रतिनिधिसभाले गरेको संशोधनलाई सहमति प्रदान गरेको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले प्रस्तुत गरेको सो विधेयकमाथि सांसदहरु विष्णुकमारी सापकोटा, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, भुवनबहादुर सुनुवारले धारणा राखे ।
सांसदहरुले उठाएको प्रश्नको जवाफमा मन्त्री साहले खाद्य पदार्थमा स्वच्छता कायम गर्नैपर्ने र त्यसका लागि आवश्यक कानुनी प्रबन्ध गरिएको बताए । राष्ट्रियसभाको अर्को बैठक आगामी वैशाख ४ गते दिउँसो १ः१५ बजे बस्नेछ ।