मुख्य समाचार

राजनीतिक दलहरूबीच सहकार्यको संस्कृति विकास गरेर अगाडी बढ्न् आवश्यक छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशलाई समृद्धि र आर्थिक मजबुद्ध बनाउन देशमा रहेका हरेक स्रोत र साधनको खोजी गर्नका लागि सबै राजनीति दलहरुले सहकार्य गरेर अघि बढ्ने संस्कृतिको विकास गर्न आवश्यक रहेको बताए । अध्यक्ष नेपालले नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान गर्दै विगतको समिक्षा नयाँ वर्षृसँगै नयाँ संकल्प लिएर अघि बढ्नुपर्ने बताए ।

आगामी दिनमा रोजगारीको सृजना गर्न,आर्थिक समृद्धि हासिल गर्न र देश मै सम्भावनाको खोजी गर्ने सकारात्मक सोचको विकास गर्न सबै राजनीतिक दलहरु बीचमा सहकार्य र सहमतिको संस्कृति विकास हुने विश्वास लिएको उनले बताए ।

राष्ट्रिय पुँजीको विकास गर्दै उद्यमशीलता प्रवर्द्धन र स्वदेशी उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण तर्फ अग्रसर हुन, जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरु प्राथमिकतामा राखेर सोही अनुसार नीति तथा कार्यक्रमहरू अवलम्बन गर्नुपर्ने अध्यक्ष नेपालले बताए ।

नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव पनि हो। दीगो शान्ति, अग्रगमन, राष्ट्रिय एकता र सामाजिक सद्भावसहित रोजगारी र आर्थिक समृद्धिको लागि नयाँ बर्ष २०८१ साल उपलब्धिमुलक हुने विश्वास सबैले लिनुपर्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *