राजनीति

एमाले बागलुङको अध्यक्षमा केसी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङको अध्यक्षमा हीराबहादुर केसी सर्वसम्मत निर्वाचित हुनुभएको छ । शुक्रबारदेखि बागलुङ बजारमा सुरु भएको १०औँ जिल्ला अधिवेशनबाट केसी दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका छन् ।

निर्वाचन संयोजक डा डिल्लीराज गौतमका अनुसार एमाले गण्डकी प्रदेश कमिटीका पूर्वसदस्य हरिनारायण गौतमले उम्मेदवारी फिर्ता लिएपछि केसी सर्वसम्मत अध्यक्ष भएका हुन् । साथै उपाध्यक्षमा विष्णु भुसाल सर्वसम्मत भएका छन् । यसअघि सचिव रहेका भुसाल नवौँ जिल्ला अधिवेशनमा समेत सर्वसम्मत चयन भएका हुन्

सचिवमा भने तीन जनाको उम्मेदवारी परेको छ । एमाले जिल्ला सचिवमा गणेश थापा, कुमार खड्का र चन्द्र प्रकाश शर्माको उम्मेदवारी परेको निर्वाचन कमिटीले जनाएको छ । सचिवमा सर्वसम्मतको प्रयास भइरहेको छ । उपसचिवमा पनि सर्वसम्मत रूपमा धनबहादुर परियार र करमती पुन चयन भएका छन् ।

“निर्वाचनको कार्यतालिकामै छौँ, एकल उम्मेदवारी कायम भएपछि अध्यक्ष, उपाध्यक्ष र उपसचिवमा सर्वसम्मत भइसकेको छ”, संयोजक गौतमले भने , “सचिवको विषयमा पार्टीले छलफल गरिरहेको होला, निर्वाचन कार्यतालिकाअनुसार हामी अगाडि बढिरहेका छौँ, एकल उम्मेदवारी पर्नु भनेको निर्वाचन जित्नु हो, निर्वाचन कार्यतालिकाअनुसार सबैको नतिजा आएपछि मात्रै घोषणा हुन्छ ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *