राजनीति

सल्यानका सभापतिमाथि सांघातिक आक्रमण गर्नेलाई कारबाही गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेश स्तरीय संगठन सुदृढ यात्राको सिलसिलामा सल्यानका सभापतिमाथि सांघातिक आक्रमण गर्नेलाई कारबाही गर्न सरकारसमक्ष माग गरेको छ ।

सोमबार नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ती जारी गर्दै चैत्र २९ गते बेलुका नेपाली कांग्रेस जिल्ला कार्यसमिति सल्यानका सभापति केशबहादुर विष्ट माथि सांघातिक आक्रमण घटनालाई नेपाली कांग्रेसले गम्भीर रुपमा लिएको उल्लेख गरेका हुन् ।

नेपाली कांग्रेसको कर्णाली प्रदेश स्तरीय संगठन सुदृढ यात्राको सिलसिलामा कालिकोटबाट सल्यानतर्फ फर्कने क्रममा सल्यानको वनगाड कुपिण्डे नगरपालिका स्थित वालुवा संग्रहि भन्ने स्थानमा सभापतिमाथि भएको आक्रमणलाई कांग्रेसले घोर निन्दा र भत्र्सना गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *