राजनीति

सहकारी प्रकरणको निष्पक्ष छानबिनको मागसहित नेविसंघको प्रदर्शन

काठमाडौं । कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सहकारीको ठगीको छानबिन माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । माइतीघरमा भेलाभएर नेविसंघका समर्थकहरूले नयाँबानेश्वरसम्म प्रदर्शन गरेका छन् ।

उनीहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा र उनीमाथि छानबिनको माग गर्दै नाराबाजी पनि गरेका छन् । कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको बेला नेविसंघ पनि सडकमा आन्दोलित भएका हुन् । नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्ने माग राखेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *